संसदमा दर्ता संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने :देउवा

भरतपुर,मंसिर ३०-सत्ता साझेदार दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनु भएको छ ।काग्रेसको चितवन जिल्लाले भरतपुरबाट सुरु गरेको दुई महिने जागरण अभियानको आज उद्घाटन गर्दै सभापति देउवाले अस्वीकृत हुने अवस्था भए पनि कुनै हालतमा फिर्ता नहुने दोहोर्याउनु भएको हो ।बरु प्रस्ताव फेल होस तर फिर्ता हुँदैन देउवाले भन्नुभयो संसद अबरोध गरेर प्रतिपक्षी दल एमालेले संसदीय अभ्यासलाई नै असहयोग गरेको आरोप लगाउनु भयो ।संसोधन प्रस्ताव पास गराउन एमालेले सहयोग गर्नुपर्ने भन्दै सभापति देउवाले यदि त्यसो नगरे उसैलाई घाटा हुने बताउनु भयो ।

मधेशी र पहाडिलाई झगडा गराउन संसोध प्रस्तावको बिरोध गरेको भन्दै नागरिकबीच दुरी बढाउने कार्य बबन्द गर्न आग्रह समेत गर्नुभयो । एमाले अध्यक्ष केपि ओली र तत्कालिन काग्रेस सभापति सुशील कोइरालाले नै पहाड–मधेस टुक्र्याउने सहमतिमा हस्ताक्षर गरेको दाबी गर्दै देउवाले त्यो पालना गर्नुपर्ने बताउनु भयो । यस्तै उहाले आगामी स्थानीय, प्रान्त र संघीय निर्वाचनमा कांग्रेस एक नम्बरको नभई बहुमतको पार्टी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई गाउँकेन्द्रित तुल्याउन निर्देशन दिदै स्थिर सरकारका लागि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमत जरुरी रहेको बताउनु भयो ।