थपिए ४१६ जना कोरोना संक्रमित, २७० जना संक्रमणमुक्त

काठमाडौं,कार्तिक,२९-नेपालमा विगत २४ घण्टामा ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा १२ हजार ४०२ जनाको परीक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा २७० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ । त्यसैगरी हालसम्म ७ लाख ९८ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेको छ ।