शैक्षिक मेलाको अवलोकन गर्न करिव १५ सय विद्यार्थीहरुको घुइँचो

नेपालगन्ज , फाल्गुन,१०-
नेपालकै ठुलो पाँचौ एजुकेसन फेरको पहिलो दिन शुक्रबार सफलताका साथ सम्पन्न भएको छ।

नेपालगन्ज स्थित सिद्दार्थ कटेजमा सुरु भएको शैक्षिक मेलाको पहिलो दिनमै विभिन्न २५ कलेजहरुका करिव १५ सय विद्यार्थीहरुले शैक्षिक स्टलको प्रत्यक्ष अवलोकन गरेको प्रदेश न ५ का कोअर्डिनेटर भरत बिष्टले जानकारी दिनु भयो।
पहिलो दिनको मेला अवलोकन गर्न आएका विद्यार्थीले यो मेलाले आफ्नो शैक्षिक स्तर वृद्धि गर्न धेरै भुमिका खेलेको बताएका छन। मेलामा विद्यार्थीलाई प्रभुमनीपेको तर्फबाट रिचार्ज कार्डको पनि व्यवस्था गरिएको छ।

मेला भोलि पनि बिहान १० बजे देखि साझ ६:३० सम्म सन्चालन हुनेछ।

उच्च शिक्षाका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमै उच्च शिक्षा उपलबध गराउने र उच्च गुणस्तरका शिक्षण संस्था छन् भन्ने जानकारी विद्यार्थीहरुलाई गराउने मुख्य उद्देश्यले यो मेलाको आयोजना गरिएको को.बिष्टले जानकारी दिनु भयो । मेलामा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले आवश्यक परामर्श प्राप्त गर्न सक्ने पनि विष्टले बताउनु भयो ।