गायक गोपाल जंग थापाको यसपालीको तिज कोसेली “बाई बाई भन्नु पर्छ”

स्वार्थी माया लाउनेलाई बाई बाई भन्दै, आए गायक थापाकाठमाडौं,साउन,१९-सञ्चारकर्मी तथा लोकदोहोरी गायक गोपाल जंग थापाले नयाँ तिजको गित सार्वजनिक गर्नु भएको छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको रौनक सुरु हुनै लाग्दा गायक गोपाल जंग थापाले यसपालीको तिजको कोसेलीमा “बाई बाई भन्नु पर्छ” बोलको तिजको गितको म्यूजीक भिडीयो सहित बजारमा ल्याउनु भएको हो ।

गितमा गायक गोपाल जंग थापा र गायीका निशा श्रीष मगरले स्वर दिएका छन् ।

गितको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।।

उक्त गितमा चोखोमाया लाउनेलाई हाईहाई भन्नु पर्छ, स्वार्थी माया लाउनेलाई बाई बाई भन्नु पर्छ, भन्दै केटा र केटीले आफ्नो आफ्नो मायाप्रेमको तारिफ गरेको गितको भावमा पाउन सक्छौं । हिन्दुनारीहरुको महान चाड हरितालीकामा वर्षौपछी छोरी चेली माईत जादा या भनौं आफ्ना दाजुभाई तिजमा चेलिबेटी लिन जादा तिज सुरु भएको पाँच दिन सम्म आफ्ना विलौनाहरु तिजका भाकामा पोख्ने गर्छन् । 

तर पछिल्लो समय सबैकुराहरु परिवर्तन हुदै गएका छन् । महिलाले मात्र तिजमा नाच्ने गाउने जुन परम्पारा थियो ।त्यो परिवर्तन भईसकेको छ।यसर्थ यहि कुरा बुझेर हुन सक्छ गायक गोपाल जंग थापाले विशेषगरी युवा वर्गलाई लक्षितगरी वर्षदिनमा भेटहुदा चेलेबेटीहरुले गितको माध्यमबाट पोख्ने विलौनालाई जस्तै प्रेमी प्रेमीकाको जोडीले पनि अपुग माया प्रेम या भनौं आफ्ना भावनाहरुलाई तिजमा दर्शाउन सक्छन् है भन्ने सन्देश “बाई बाई भन्नु पर्छ” बोलको तिजको गितमा दिएका छन् ।

यो गितको शब्द संगित सागर सुनार र गोपाल जंग थापाले गरेका हुन।विजय थापा मगरले ऐरेन्ज गर्नु भएको यो गितको म्युजिक भिडीयोको निर्देशन दिनेश ठकुल्लाले गरेका छन ।

गितको म्युजिक भिडीयोमा चर्चित कोरियोग्राफर सन्देश रिमाल, मोडेल रेखा खत्री र चित्रकला बुढाको उत्कृष्ट अभिनय देख्न सकिन्छ।गितलाई धिताल फिल्मस् प्रालिले निर्माण गरेको हो भने  चर्चित क्यामेरा पर्सन राम केसीले छायांकन गर्नु भएको छ भने गितको सम्पादन रोशन धितालले गरेका हुन ।

यो विल्कुलै नयाँ तिजको गितले बढी भन्दा बढी दर्शकको मन जित्न सफल होस्, गायक गोपाल जंग थापा ज्यूको अन्य गितले जस्तै उहाँको यो गितले सफलताको शिखर चुम्न सफल रहोस् भन्दै हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट यहि सफलताको शुभकामना दिन चाहान्छौ ।  धन्यवाद !!