अन्तर बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी आइडियल लाई

नेपालगंज,पुस,७- 

नेपालगन्जमा सम्पन्न जेएमसि नेपाल टाईगर अन्तर बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी आइडियल पब्लिक उच्च मावि रानी तलाउले हात पारेको छ। शनिबार भएको खेलमा मङ्गल प्रसाद उच्च माबिलाई ५ विकेटले पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो।

खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको मङ्गल प्रसादले १५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ६६ रन बनाएको थियो। उस्का लागि दिनेश केवटले २५ र पवन केवटले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अँक समेत छुन सकेन।

आईडियलका बलर इम्राज अन्सारिले ४, मक्बुल राई र समीर शाहले २(२ विकेट लिन सफल भएका थिए। जवाफी ब्यटिङ्ग्मा आएको आइडियलले ७ ओभर १ बलमै ५ विकेट गुमाएर आफ्नो विजय लक्ष्य भेटायो। यसका लागि कैफ खानले ३८ रन, मक्बुल राईले १४ रन र समीर शाहले ९ रन बनाएका थिए। मङ्गलका बलर अंकुर गुप्ता र दिनेश केवटले २(२ विकेट लिएका थिए।

नेपाल टाइगर स्पोर्ट्स क्लबका अध्यक्ष विनय श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प् विजयी तथा उपविजयी बिद्यालयलाई प्रमुख अतिथी तथा नेपालगन्ज उपमहानगर पालिकाका उपमेयर उमा थापा मगर , रा.खे.प.का सदस्य विनोद मैनाली ,बाँके जिल्ला क्रीकेटका पुर्व अध्यक्ष सुनिल सिंह हमाल, युनिभर्सल एकेडेमिका प्रीन्सिपल भरतसिंह बिष्ट , वडा न.१२ का वडा सदस्य तरुन बज्राचार्य , बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा मगर,क्रिकेट संघका सदस्य शोभा श्रेष्ठ लगाएतले पुरस्कार बितरण गरेक थिए ।

प्रतियोगितामा म्यान अफ द टुनामेन्ट एबिसि रेसिडेन्ट्लका सुभम बि एम,बेस्ट व्याट्समेन्स मंगलका बिकास सुनार,बेस्ट बलर आइडियलका नुमान कुरेसी,बेस्ट फिल्डर युनाइटेड एजुकेसनलका शितल खड्का ,उदयमान खेलाडी एबिसीका बुद्ध अधिकारी,बेस्ट बिकेट किपर आइडियलका फरदिन खान र स्टाइलिस खेलाडी आइडियलका सैफ अलि सेख घोषित भए ।प्रतियोगिताको विजेता बिद्यालयले नगद रु ३० हजार र उपविजेताले रु १५ हजार प्राप्त गरेका थिए।