पोखरेलीहरुले भोलि नेपालगन्जमा भेला अायोजना गर्ने

के-पी- घिमिरे/
नेपालगन्ज,जेष्ठ,१८-
विभिन्न जिल्लाबाट अाई बाँके जिल्लामा बसोबास गर्दै अाएका पोखरेल थरले भोलि नेपालगन्जमा भेलाको अायोजना गरेका छन् ।
भोलिको भेलाले नयाँ कार्यसमिति गठन गरी समाज सेवामा काम गर्ने उद्देश्यका साथ यो अायोजना गरेको यसमा सक्रियता साथ लागेका बिण्णु पोखरेलले बताउनु भएको छ ।

अाफनो गोत्रको बंशावली हराएर नजाअोस र नयाँ पुस्तालाई पनि सबै थाहा हाेस् भनि नयाँ कार्यसमिति गठन गर्न लागिएको शरद पोखरेलले बताउनु भएको छ । नयाँ बन्ने समितिले बंशावली तयार गर्ने, अापसी सदभाव कायम गर्ने, कसैलाई अापत विपत पर्दा सहयोग गर्ने, समाजसेवामा सक्रिय रहने जस्ता कामहरु गर्ने यस समाज गठन गर्न सक्रिय रहेका ईश्वर पोखरेलले बताउनु भएको छ ।