बाँकेको टिटिहिरिया बालमैत्री नमुना गाविस घोषणा

बाँके,माघ १८-स्थानीय शासनका सबै सूचक पुरा गरी बाँकेको टिटिहिरिया बालमैत्री नमुना गाविस बनेको छ । उसले बालमैत्रीका ३९ र स्थानीय शासनको थप एक सूचक पूरा गरेपछि बालमैत्रीका लागि मुलुककै नमुना गाविस बनेको हो । संघिय मामिला तथा स्थानीय विकास,स्वास्थ्य,शिक्षा,महिला तथा बालबालीकालगायत मन्त्रालय सहभागि रहेको हो ।

यसअघी मोरङको तेतारिया प्यूठानको भिङ्ग्री र डडेल्धुराको सिद्धेश्वर गाविसलाई सरकारले बालमैत्री गाविस घोषण गरेको छ । हाम्रो गाविस बालमैत्रीका क्षेत्रमा चोथौं भएकामा निकै खुसी भएका छौं । सरकारले हाम्रो कामको मूल्यांकन गर्यो । गाविस सचिव तप्तराज आचार्यले भन्नुभयो बालमैत्री गाविस बनाउन यहाँका अभिभावको ठुलो हाट छ ।

बालमैत्री गाविस घोषणका लागि शतप्रतीशत बालबालीका विद्यालय भर्ना पूर्ण खोप,सरसफाई र गाविसले गर्ने गतिविधिमा उनीहरुको अनिवार्य सहभागिता हुनुपर्ने लगायत ३९ वटा सूचक तोकिएको छ । उक्त गाविसले एकीकृत योजना तर्जमा स्वास्थ्य,शिक्षा क्षेत्रमा गठन हुने समितिमा बालबालीकालाई सहभागि गराएको छ । त्यस्तै त्यस क्षेत्रमा बालबालीका सम्बन्धी हुने गतिविधी उनीहरुको जनसंख्या,विद्यालय जानको संख्या,शौचालय लगायत विषयलाई समेटेर नक्सा तयार पारिएको छ ।
a