खुल्ला म्याराथुन प्रतियोगितामा पुरुषतर्फ ठकुरी र महिलामा पुन मगर प्रथम

बाँके,फागुन १७ –महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज खुल्ला म्याराथुन प्रतियोगिता भएको छ । आज भएको खुल्ला म्याराथान पुरुषतर्फ देवेन्द्र सिंह ठकुरी प्रथम, अशिष खत्रि द्धितिय र अविननश विश्वकर्मा तृतिय हुनुभएको छ ।

त्यस्तै महिला तर्फ सोविता पुन मगर प्रथम, किरण केसी दृतिय र निशा शाही तृतिय हुनु भएको छ ।

आज धम्बोजी चोकदेखि सूरु भएको म्याराथुन प्रतियोगिता महेन्द्र बहुमुखी क्याम्पसमा पुगेर समापन भएको थियो । ३ किलोमिटर दुरीमा गरिएको म्याराथुन दौडमा २१ जना छात्र र ९ जना छात्राको सहभागीता रहेको थियो ।