नेपालगंजको वडा नंं २६ मनिकापुर खुल्ला दिसामुक्त वडा घोषणा

मधुपौडेल,

बाँके,फागुन १७-नेपालगंज उपमहानगरपालिकाले खुला दिसा मुक्तअभियानलाई तिव्रता दिएको छ । खुल्ला दिसामुक्त अभियान अन्तरगत आज नेपालगंज उपमहानगरपालिका वडा नंं २६ मनिकापुर खुल्ला दिसामुक्त वडा घोषणा भएको छ ।  मनिकारपुर वडा खुल्ला दिसामुक्त घोषण भए सगै उपमहानगरपालिकाका  १४ वडा खुल्ला दिसामुक्त वडा घोषण भैसकेका र अव बाकी १४ वडा छिटै खुल्ला दिसामुक्त घोषण गरीने   फोकल पर्सन ओवीराज आर्चायले बताउनुभयो ।

जिल्ला विकास समिति बाकेका हरि प्याकुरेलको प्रमुख अतिथिमा सम्पन्न उक्त समारोहमा नेपालगंज उपमहानगरपालिका का प्रमुख गिरी राज ज्ञवाली विभिन्न राजनितिक दलका प्रतिनिधि ,प्रत्रकार, स्थानिय मनिकापुर वासी हरुको उपस्थिति रहेको थियो ।सन्चार, शिक्षा, खेलकुद्, कलासंस्कृति र मनोरन्जनका क्षेत्रमा काम गर्दै आएको क्रियटिभ ह्याण्डस् ग्रुपको मुख्य आयोजनामा २०७३ चैत अन्तिम साता हुने नेपालगन्ज महोत्सवको तिब्रताका साथ तयारी भईरहेको छ ।

चैत २५ गतेदेखि सुरु हूने महोत्सव ३१ गते राती नयाँ बर्ष उत्सव मनाएर सम्पन्न हुनेछ  ।  नेपालगंज महोत्सवको तयारी तिव्र पारीएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनु भएको छ । सिनेमा ,साहित्य ,खेलकुद र पर्यटनको उत्सवका रुपमा सुरु गर्न लागिएको महोत्सवको स्थानिय आतिथ्यता सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रालिले गर्ने सम्झौता भएको छ ।

नेपालगंज बाकेको सिद्धार्थ कटेज रेष्टुरेन्टका दुई वटा हल र परिसरमा सो महोत्सव गरीने आयोजकले बताएको छ । महोत्सवमा नेपालगञ्ज दोस्रो अन्र्तराष्ट्रिय फिल्म फेस्टिभल २०१७ र नेपालगंज लिटरेचर फेस्टिभल मुख्य आकर्षणका रुपमा रहने छन ।