नलगाड क्याम्पसमा राजन रानाको नेतृत्वमा निर्विरोध स्ववियु गठन

जाजरकोट,फागुन १७-माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोट क्यम्पसमा स्ववियुमा विजय हासिल गरेको छ। नलगाड क्याम्पसमा राजन रानाको नेतृत्वमा निर्विरोध स्ववियु गठन भएको क्रान्तिकारीका सचिव खेम बहादुर सिंहले जानकारी दिए।

उपाध्यक्षमा रणबहादुर परियार, सचिवमा जनम पुन, सहसचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा रविन्द्र ओली निर्वा्चित भएका छन्। सदस्यहरुमा दीपक पुन, पुर्णीमा पुन, नविना थापा र सपना शाही निर्वा्चित भएका छन्। यसअघी क्रान्तिकारीले १४ क्याम्पसमा विजय हासिल गरेको छ भने अनेरास्ववियुले १४ क्याम्पसमा अध्यक्ष लगायत पदमा विजय हासिल गरेको छ ।