हुम्लामा रातिदेखि लगातार हिमपात

हुम्ला,फागुन, १७-हुम्लामा रातिदेखि लगातार हिमपात भइरहेको छ ।सदरमुकाम सिमीकोटमा हिमपात हुँदा अत्यधिक चिसो बढ्नाका साथै उत्तरी भेगका जनतालाई सदरमुकाम आउनजान गाह्रो भएको छ ।

दक्षिणी भेगका जनताले भने यसबाट बालीनाली राम्रो हुने बताएका छन् । कात्तिकदेखि हिमपात नहुँदा हेल्दुम साना जलविद्युत् आयोजनाले विद्युत्भार कटौती गर्दै आएका छन् । खानेपानीका मुहान सुक्दा पानीको पनि त्यत्तिकै अभाव भएको छ ।