ज्योती चर्च लगायत नेपालगंजका विभिन्न चर्चमा कार्यक्रम गरी क्रिसमस मनाईयो

बाँके,पुस १०-इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज नेपालगंजका विभीन्न चर्च लगायत देशभरका चर्चहरुमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो ।

यस्तै आज नेपालगंजमा रहेका विभिन्न चर्चहरुमा पनि फरक फरक कार्यक्रमगरि मनाईएको छ । नेपालगंजको ज्योती चर्चमा पनि ठाँउमा झै एक आपसमा शुभकामना व्यक्त गर्दै परमेश्वरको आराधाना गरि मनाएको छ । चर्चले क्रिसमसका दिन आज चर्चमा नयाँ पाहुनालाई वचन मार्फत सु समाचार सुनाएका थिए । आज भएकोे संगतीमा बालवालीकाहरुले भजन गित गाउनुका साथै नृत्य समेत प्रस्तुत गरेका थिए ।

यस्तै चर्चमा वषौं देखि सेवाकाई गर्दै आईरहेका पास्टर बेल्जीयम श्रेष्ठ र पास्टर डम्बर लाई केहि विश्वासीले उपाहार दिएका थिए । चर्चले पनि हरेक हप्ता शनिवार क्वायर टिममा साहेयता गर्ने केहि जवानहरुलाई एकमुष्टमा पुरस्कार वितरण गरेको थियो । यस्तै वर्षभरी गरिने क्रियाकलापमा उत्कृष्ट साना वालवालीकाहरुलाई पुरस्कार वितरण समेत गरेको थियो । आजको विशेष वाडा दिनमा चर्चले देशमा देखिएको गतिरोध अन्तयका लागि र बिरामीमा छटपटाई राखेका विरामीका निम्ती प्राथनामा गर्दै आजको संगती सकिएको थियो ।
यसैविच
Jyoti church Nepalgunj राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबिच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले पनि क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । क्रीसमस पर्वका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको थियो ।