आज निवार्चन दिवस देशभर मनाईदै

बाँके,फागुन ७-नेपालमा आज पहिलो पटक देशभर निर्वाचन मनाईदै छ । निर्वाचन कार्यालय नेपालगंजका अनुसार आज औपचारिक कार्यक्रम बीच नेपालगंजमा निर्वाचन दिवस मनाउन लागिएको हो । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । त्यसैकारण आयोगले फागुन ७ लाई निर्वाचन दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

नेपालगंजमा पनि निर्वाचन दिवसको अवसरमा नेपालगंज उपमहानगरपालिकाको सभाकक्षमा औपचारिक कार्यक्रम आयोजन ागर्न लागिएको निर्वाचन कार्यलय नेपालगंजले जनाएको छ । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधीक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सुयैप्रसाद शर्माले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

मुलुकमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन ।जसका कारण ३५ वर्ष उमेर समूहका ८० लाख नागरिकले स्थानीय तहको निवार्चनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चीत हुँदै आएको बताउनुु भएको छ । संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधानअनुसार आगामी २०७४ साल माघ ७ गते भित्र संघिय प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्वसन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ ।

दिवसका अवसरमा देशका विभिन्न ठाँउमा प्रभातभेरी अन्तरसंवाद लगायतका कार्यक्रम आयोजना गर्दैछ । आयोगको केन्द्रिय कार्यालयले पनि आयोगका पूर्व पदाधीकारीको सम्मानका साथै नेपालमा निर्वाचनको ईतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय भएको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताउनुभयो ।