आजको राशिफल ।। साउन ४ गते बुधवार ।।

काठमाडौं,साउन,४-आज विक्रम संवत २०७९ साल साउन महिनाको ४ गते बुधवार, (जुलाई २० तारिख) कृष्ण सप्तमी तिथि !!

आज साउन ४ गते बुधवार राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ।नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन लक्ष्मी प्रसन्न हुने योग छ। महत्त्वपूर्ण कामको थालनी हुनेछ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।नयाँ काम सुरु गर्ने समय पनि छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ।आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ।आँटेको र ताकेको कार्य पुरा होला।बोलीको प्रभाव पनि बढ्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन खानपिनमा बढी सावधानी अपनाउनु पर्नेछ।आँटेको काममा ढिलासुस्ती हुनेछ, तर अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन नयाँ सवारी साधन प्राप्तिको योग छ।दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।शुभकार्यको चर्चा चल्नेछ।प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन मानसिक शान्ति मिल्नेछ।महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।दाम्पत्य सुखले प्रफुल्लित भइनेछ।वैदेशिक कार्य पनि अघि बढ्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ।ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन राजनैतिक कार्यमा बाधा आउनेछ।नाक तथा घाँटीमा समस्या आउला।सामान पनि हराउन सक्छ।अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिव धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला।नयाँ कमको थालनी हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन प्रेम र मित्रताको बन्धन कसिने बेला छ।काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।नयाँ कार्यको योजना बन्नेछ।शुभकार्यको चर्चा चल्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल