कैलाली क्षेत्र नं. ३ मा हार बेहोर्नुको मुख्य कारण बाम गठबन्धन र कमजोर रणनीती भएको नेपाली काग्रेसको ठहर

पवन मुडभरी/

सुखड,पौष,१-
कैलाली क्षेत्र नम्मर ३ नेपाली कांगे्रसवाट प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले कैलालीको क्षेत्र नम्मर ३ मा पराजय बेहोर्नुको मुख्य कारण बाम गठबन्धन भएको बताउनुभएको छ । आज कैलालीको सुखडमा पत्रकार सम्मेलन गर्दै वाहांले सो कुरा बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नम्मर ३ प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले यो बिषम परिस्थितीमा पनी प्रजातन्त्र र लोकतन्त्रको पक्षमा मतदान गर्ने सम्पुर्ण मतदातालाई धन्यबाद ज्ञापन गर्नु भयो ।

निर्वाचनमा हारजित सामान्य कुरा भएको र आफु पराजीत हुनुमा नेतृत्वलाई दोष नदिएर आफुले गरेका राम्रा कामलाई जनतासामु लैजान नसक्नु र अप्रत्याषीत रुपमा बनेको बाम गठबन्धनका सामु नेपाली काङग्रेसको कमजोर रणनीति रहेको भन्दै शाहीले लोकतन्त्र र प्रजातन्त्रको पक्षमा सधैं लडीरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीमा अन्तरघात भयोकी भन्ने पत्रकारको प्रश्नमा पार्टीमा कुनै अन्तर्घात नभयको बरु राप्रपा सङ्गको तालमेलले काङग्रेस लाई घाटा भयको बताउनु भयको छ ।

प्रदेश राजधानिका बारेमा कांग्रेस मौन छनी भन्ने प्रस्नमा शाहिले यो कुरा निर्वा्चित प्रतिनिधिले र प्रदेश सभाले गर्ने भयकोले पार्टीले बोल्न आबस्यक नभयको बताउनु भयो ।

पत्रकार सम्मेलनमा काङग्रेंस महाधिबेसन प्रतीनिधि भीम बडुवालले पनी निर्वाचनका बिषयमा समिक्षात्मक रुपमा आप्mनो भनाई राख्नु भएको थियो ।