जेठ ३१ को निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग

नेपालगञ्ज ,जेष्ठ ,१० –

जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग गरिएको छ । सम्वाद समूह बाँके अन्तगर्त महिला समूहको बैठकले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन स्थानीय परिवेश, समुदायलाई म्ध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्नु पर्ने सुझायका छन् ।

द्धन्द्ध व्यवस्थापन, शान्ति निर्माण र सदभाव कायममा क्रियाशिल समूहले निर्वाचनलाई शान्त, सुव्यवस्थित बनाउन मतदानस्थलमा महिलाको सहभागितासँगै सुरक्षित मतदानको व्यवस्था गर्न पनि माग गरेका छन् ।

महिला राजनीतिकर्मी, अधिकारकर्मी, नागरिक समाजका अगुवा सम्मिलत समुहले निर्वाचनमा मुस्लिम समुदायको रमजान परेकाले उनीहरुको सहभागिता र सहज मतदनको व्यवस्थाका लागि पनि विकल्प खोजीनु पर्ने आवश्यक्ता औल्याइएको छ ।

सम्वाद समूह सचिवालयका संयोजक चन्द्र चौधरीको विशेष उपस्थितीमा बसेको वैठक तथा अन्तरक्रियामा निर्वाचनका बेला धर्म, जाति, समुदाय या कुनै पनि नाममा शान्ति सुरक्षा, सदभाव खलबल्याउन सक्ने सम्भावना रहने ठहर गर्दै निर्वाचन सफल पार्न सम्वद्ध सरोकारवालासँग आवश्यक सम्वाद गर्ने पनि निर्णय गरेको छ ।

छलफलमा सहभागी अधिकांस सदस्यहरुले निर्वाचन आचारसहिंताको पालना र मतदाताको सहजतालाई ख्याल गर्न राजनीतिक दलको नेतृतवलाई पनि आग्रह गरेका छन् । यस्तै महिला समूहमा विभिन्न क्षेत्रको प्रतिनीधीत्व हुने गरि नयाँ सदस्य पनि थप गरिएको छ ।

समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रममा नेपाली काँगे्रसका यूवा नेता उमा थापा, नेकपा माओवादी(केन्द्र)का कृष्णा केसी, सूचना अभियन्ता लक्ष्मी तिवारी, समाजसेवी अस्मिता शाह लगायतले आवश्यक सुझाव दिनु भएको थियो ।