फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै

सबैलाई उपस्थीत भई रक्तदान गर्न अनुरोध

फुकुओका,जापान,असार,२१-

जापानको फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै छ ।नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजना र जापान रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो ।

“रक्तदान जिवनदान” भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रतिनिधी तथा पदाधिकारी लगायत फुकुओकामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागि भई रक्तदान गर्न सबैलाई अनुरोध गरिएको छ ।

उक्त रक्तदान कार्यक्रम कहिले केहि बेरमा सुरु हुनेछ ।बिहान १० बजेबाट सुरु भई अपरान्ह ५ बजे सम्म रक्तदान गर्न सकिने आयोजकले बताएको छ ।

रक्तदान कार्यक्रम फुकुओका हाकाता स्टेशन अगाडी रहेको बुस्टर सेनारु भवनको ८ तलामा हुनेछ । ( 福岡市博多区博多駅前中央街2-1博多バスター三ナル8階) रक्तदान कार्यक्रममा उपस्थीत हुने महानुभावहरुले नाम दर्ताको लागि अनिवार्य रुपमा जाईर्यो कार्ड अर्थात ड्राईभिङ लाईसेन्स साथमा लैजानु पर्नेछ ।