
टोकियो,मंसिर,५-दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज शुक्रबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई बिचको खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ।आजको खेल हेर्न अघिल्लो दिन नै खल्तीमार्फत सम्पूर्ण टिकट विक्री भएकोले टियू खेल मैदान फुल हाउस भईसकेको छ।
आज हुने खेलमा पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्स दुवै टिमले आफ्नो दोस्रो खेल खेल्न लागेको हो।
यस अघि भएको खेलमा सुदुरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाज लाई जितेको थियो भने र पोखारा एभेन्जर्स बिराटनगर किंग्स संग पराजित भएको थियो।






