प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत

काठमाडौं,चैत,११-

प्रतिपक्षी सहित प्रमुख दलहरू सीमांकन बाहेकका विषयमा संविधान संशोधनमा तयार देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्के लगत्तै सहमतिको सम्भावना देखिएको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा र राप्रपाका दीपक बोहोरा सम्मिलित कार्यदललाई एमाले र मधेसी मोर्चासँग सहमति तयार गर्न निर्देशन समेत दिएका छन् ।महिनौंपछि प्रतिपक्षी एमाले र मोर्चाका शीर्ष नेता छलफलका लागि एउटै टेबुलमा बसेकाले बिहीबारको बैठक सौहार्दपूर्ण देखिएको थियो ।

प्रधानमन्त्री दाहालले आन्दोलनरत मधेसी मोर्चाले राख्दै आएको परिमार्जनसहतिको संविधान संशोधन प्रस्तावलाई निकास दिएर चीन जाँदा मुलुककै कद उच्च हुने बताउनु भएको थियो । तर सहमतिको डकुमेन्ट तयार नभएकाले कार्यदलले त्यो तयार गरेपछि सम्भवतः प्रधानमन्त्री चीनबाट फर्के लगत्तै संशोधनका लागि निर्णय हुने खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।