चर्चित मोडल थापाले गरे अब माया नलगाउने बाचा

सिर्जना बर्देवा/
ओखलढुंगा ,भाद्र २२-
चर्चित मोडल बुद्धबिर थापाले अव माया नलगाउने बाचा गरेका छन् । पछिल्लो समयमा माया लगाएर टाढा हुने प्रबृति बढेको कारण माया नलगाउने भएका हुन् । थापाले अभिनय गरेका म्युजिक भिडियोहरु एकै दिनमा ३ वटा सम्म सार्बजनिक हुने गरेको छ । यसै क्रममा उनको अभिनयमा अव माया लाउदिन बोलको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको हो ।

यस गितमा चर्चित सर्जक केशर लामाको उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको छ । चर्चित गायक रामजी खाण र स्मृति लामाको सुमधुर स्वर रहेको यस गितको प्रस्तुती स्वयम गायीका लामाको रहेको छ । म्युजिक भिडियोमा मोडल थापा सगंै चन्दा दाहालको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायाँकन बासु बरालको रहेको छ भने भिडियोको सम्पादन मिलन बि.कले गरेका छन् । बि.स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई शिरबन्दी डिजिटल म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

(एक पटक भिडीयो अवश्य हेर्नुहोस् )