लिभरपुलले भित्र्यायो जापानी विंगर मिनामिनो

एजेन्सी,पुस,३-

इन्ग्लिश क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गरेको छ ।लिभरपुलले रेडबुल साल्जबर्गबाट विंगर मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको हो । क्लबसँग मिनामिनोले साढे चार वर्षको सम्झौता गरेका छन् ।

सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलमा रहने छन् ।मिनामिनो जनवरी १ पछि क्लबमा रहने छन् । जनवरी विन्डो ट्रान्सफर १ जनवरीबाट खुल्दैछ ।

जापानका विंगर मिनामिनोले यस सिजन २२ खेलमा ९ गोल र ११ असिस्ट गरिसकेका छन् ।२४ वर्षीय मिनामिनोले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको मैदानमा भएको समूह चरणको खेलमा एक गोल गरेका थिए ।

क्लबसँग संझौता गरेपछि मिनामिनोले लिभरपुलको खेलाडी बन्दा आफ्नो सपना सकार भएको बताए ।‘लिभरपुलको खेलाडी हुने मेरो सपना थियो,’ उनले भने, ‘प्रिमियर इग मेरो मुख्य लक्ष्य थियो । साभार खेलपाटीबाट

Image result for Takumi Minamino