पहिलो हापमा क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता

क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रतादोहा,कतार,मंसिर,२८-कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा अहिले अर्जेन्टिना र क्रोएसिया बिच खेल भैईरहेको छ ।

दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको छ।

खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो।जसमा मेस्सीले सहजै गोल गरे ।

खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका छन् ।काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे ।खेलपाटी