![](https://bihanionline.com/wp-content/uploads/2022/12/D59EB11B-77E9-4ED9-8C1A-861A6B89DB17-300x167.jpeg)
दोहा,कतार,मंसिर,२७-कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा आज मंगलवार अर्जेन्टिना र क्रोएसिया बिच खेल हुनेछ ।
पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया बीचको खेल नेपाली समय अनुसार मंगलवार राति पौने १ बजे हुनेछ ।
यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ।
यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् ।
फाइनल खेल पुस ३ गते आइतवार हुनेछ ।