स्पेनलाई पेनाल्टीमा हराउदै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा

अफ्रिकी राष्ट्र मोरक्कोले रच्यो इतिहास

काठमाडौं,मंसिर,२१-कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल खेलमा स्पेनलाई हराउँदै मोरक्कोले क्वाटरफाइनलमा पुगेर इतिहास रचेको छ ।

मंगलवार राति सम्पन्न स्पेन र मोरक्को बीचको खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लगाइएको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि क्वाटरफाइनल पुग्ने टिमको टुंगो पेनाल्टीबाट लगाइएको हो ।

पेनाल्टी सुटआउटमा मोरक्को ३-० ले विजयी भयो । मोरक्कोका गोलरक्षकले स्पेनका सबै प्रहार विफल पारिदिए । यो सँगै २०१० विजेता स्पेन भने लगातार तेस्रो पटक क्वाटरफाइनल नपुगेरै बाहिरिएको छ।

विश्वकप फुटबलको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको मोरक्कोले सेमिफाइनल प्रवेशका लागि  पोर्चुगल र स्वीट्जरल्यान्ड मध्य जो विजेता हुन्छ उसैसंग प्रतिस्पर्धा गर्ने छ ।