दाङमा मौलाउँदै बेश्याबृत्ति, १५ जना प्रहरीको नियन्त्रणमा

नरेश खड्का/

दाङ, भदौ,१६-

अवैध रुपमा बेश्याबृति गरेको सुचनाको आधारमा प्रहरीले यो वर्ष घोराहीका दुई होटलमा छापा मार्यो । घोराहीका दुई छुट्टा छुट्टै होटलमा मध्यरातमा छापा मार्दा अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ ।

घोराही उपमहानगरपालिका १५ कटुवा खोला नजिकै रहेको होटेल कोसेली गेष्ट हाउस र ट्राफिक चोक नजिकैको गुनाम रोल्पा कोशेली गेष्ट हाउसमा अबैध रुपमा बेश्याबृत्ति हुने गरेको गोप्य सुचनाका आधारमा छापा मारेको थियो । प्रहरीले दुई होटलबाट सञ्चालक सहित १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कार्बाही अघि बढाएको छ ।

पछिल्लो समय घोराहीका विभिन्न होटलहरुमा लुकिछिपी यौनव्यवसाय हुने गरेको खुल्न आएको छ । ‘हामीले जहिले पनि निगरानी हुन्छ । तर होटल वरपरकै स्थानियहरुबाट कम्प्लेन आयो भने हामीले हेर्छौ । सोधपुछ गर्छौ र त्यस्तो पाईएको खण्डमा हामीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिन्छौँ ।

वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख सुर्य थापाले भन्नुभयो, ‘अबैध रुपमा बेश्याबृत्ति हुने होटलहरु कति छन् त्यो भन्न सकिदैन तर पब्लीकबाट आएको कम्प्लेनका आधारमा हामीले अनुसन्धानलाई अगाडी बढ्छ ।सामान्यतया बैबाहिक सम्बन्ध भन्दा बाहिरको यौन क्रियाकलापलाई नेपाली समाज र कानुनले पनि अबैध ठान्छ ।

नेपालको कानुनले बैबाहिक सम्बन्धमा पनि श्रीमान श्रीमती दुबैको सन्जुरी आबस्यक हुन्छ । हैन भने त्यसलाई पनि बलात्कारको रुपमा ब्याख्या गरेको छ । तर होटलहरुमा लुकिछिपी यौनधन्दा हुने गरेको प्रहरीले बताउछ ।

घोराहीमा अबैध रुपमा बेश्याबृत्ति सञ्चालन गरीरहेका होटलहरु प्रशस्त भए पनि अनुमानको आधारमा बोल्न नमिल्ने प्रहरी भन्छ । ‘अनुमानको आधारमा यति नै छन भन्न मिल्दैन, तर छन, हामीले छापा मार्दैछौँ ।’ जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले भन्नुभयो, ‘हामीले आँकडा निकाल्दै छौँ । त्यसपछि थाहा हुन्छ ।’

यौनव्यवसायमा १५ वर्ष देखि ३५ वर्ष उमेर सम्मका महिलाहरु सम्लग्न रहेको प्रहरी अनुसन्धानले बताउछ । दाङमा त्यति बाहिर नआउने र नल्याउने गरेको यो विषयमा पछिल्लो पटक प्रहरीले सक्रियता देखाएको छ ।