आजको राशिफल ।। साउन २९ गते आईतवार ।।

काठमाडौं,साउन,२९-आज विक्रम संवत २०७९ साल साउन महिनाको २९ गते आईतवार, (अगष्ट १४ तारिख) भाद्र कृष्ण तृतिया तिथी !!

आज साउन २९ गते आईतवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन स्वादिष्ट भोजन पाइनेछ। नयाँ कार्यको योजना बन्नेछ।वित्तिय संस्था बाट सहयोग पाइनेछ। नयाँ कार्यको योजना बन्नेछ।बोलीको प्रभाव बढ्नेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन आस मारेको काम बन्नेछ।अरुको मन जित्न सकिनेछ।दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।चलाखीपूर्ण बोलीले काम बन्नेछ।पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्नेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन अनवास्यक यात्रा हुनसक्छ।भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।जोशजाँगरमा पनि कमी ल्याउन सक्छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।राजनैतिक कार्यमा सफलता मिल्नेछ।साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।आँटेको र ताकेको कार्य पुरा हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन रोकिएका अधुरा कामहरू पुरा हुनेछन्।न्यायिक कार्यमा सफलता मिल्नेछ।धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन बौद्धिक काममा सफलता मिल्नेछ।कला र गलाको प्रभाव बढ्नेछ।कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ।मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन न्यायिक कार्यमा सफलता मिल्नेछ।दैनिक कार्यमा प्रगति हुनेछ।नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन आज कार्य सम्पादनमा सहजता मिल्नेछ।मित्रबाट विशेष सहयोग मिल्नेछ।शुभकार्यको चर्चा चल्नेछ।रमाइलो यात्राको योग समेत रहेको छ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ।आर्थिक कारोबारमा मन्दी आउनेछ।प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल