स्कुटरले ठक्कर दिँदा गायक भुवन भट्टाराई गम्भीर घाईते

फाईल तस्विरमा : गायक भुवन भट्टराई!!

कोहलपुर,बाँके,असोज,१९-बडा दशैंको दिन बाँकेको कोहलपुरमा स्कुटरले ठक्कर दिँदा गायक भुवन भट्टाराई गम्भीर घाईते भएका छन् । 

कोहलपुर निवासी गायक भुवन भट्टराई मामा घर नेपालगंजबाट दशैंको टिका थापेर परिवार सहित घर फर्कदै गर्दा कोहलपुर बसपार्क देखि पैदल हिड्दै गरेको क्रममा कोहलपुर कृषि बजार नजिकै चालकले मदिरा सेवन गरि अनियन्त्रित भएको स्कुटरले ठक्कर दिदा गम्भीर घाइते हुनु भएको थियो ।

उहाँलाई ठक्कर दिने स्कुटर चालक कोहलपुर ५ बस्ने रिटायर्ड नेपाल आर्मी महेन्द्र शाह रहेका छन् ।उक्त घट्नामा उनलाई पनि टाउकोमा चोट लागेको थियो । 

घट्ना पछि छानबिन गर्दा उनीसंग स्कुटीको लाईसेन्स र सवारी काजग पत्र बिनै मदिरा सेवन गरि अनियन्त्रित रुपमा स्कुटर चलाएका थिए ।

स्कुटरको ठक्करबाट गायक भट्टराईको स्वास्थ अबस्था निकै गम्भीर रहेको थियो । घटना स्थल लगत्तै गायक भट्टराई संगै रहेका उहाँका बुवा, आमा, दिदी र सडक छेउ मा रहेका प्रत्यक्ष दर्शीहरुले तुरुन्तै कोहलपुर मेडिकल कलेज दशबिघामा पुर्‍याएका थिए।उहाँको स्वास्थ अबस्था गम्भीर भएको हुनाले त्यहाँ उपचार सम्भव नभएपछि तुरुन्त नेपालगन्ज नर्सिङ होममा रिफर गरिएको थियो ।

दुर्घटना स्थलमै बेहोस हुनु भएका गायक भट्टराईको चौध घन्टा पछी मात्र होश खुलेको थियो।उहाँको हात,खुट्टा,अनुहार तथा टाउकोमा गम्भीर चोट लागेको थियो।उहाँको दाहिँने आँखाको तलतिरको हड्डी टुटेको हुनाले अप्रेसन गर्नु परेको थियो।

दुर्घटना भएको तीन दिन पछि नर्सिङ होम नेपालगन्जका डा. द्वारिकालाल बजगाईद्वारा गायक भट्टराईको अप्रेसन सफल गरिएको छ।अहिले उहाँको स्वास्थ अबस्थामा कर्मिक सुधार हुँदै गएको छ ।

थुप्रै नेपाली गित गाई सक्नु भएका तथा बिगत लामो समय देखि कलाकारिता क्षेत्रमा आफ्नो पाइला चाली रहनु भएका भट्टराई हाल चलिरहेको चर्चित गायन टिभी रियालिटी शो नेपाल सिंगीङ सुपर स्टार टप टेनमा समेत पुग्नु सफल हुनु भएको थियो ।