वडा स्तरीय रात्रकालिन कबड्डी प्रतियोगिता हुँदै

नेपालगञ्ज बैशाख,१८-

नेपालगन्जमा फेरी खुल्ला वडा स्तरीय वडा कप रात्रकालिन कबड्डी प्रतियोगिता हुँदैछ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयले २५ गतेदेखि खुल्ला वडा स्तरिय कवड्डी प्रतियोगिता गर्न लागेको हो ।

नकआउट सिस्टमका आधारमा खेलाइने प्रतियोगितामा देशभरका नेपाली नागरिकले खेल्न पाउने आयोजकले जनाएको छ । कबड्डीमा युवा आर्कषण बढाउन, राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

प्रतियोगितामा सहभागि हुने टिमलाई ५ हजार इन्ट्री फि राखिएको वडा न ३ का अध्यक्ष मोहम्मद आयुव सिद्दिकीले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाको १ लाख र अन्य सहयोग जुटाएर करिव ४ लाख सम्म खर्च लाग्ने अनुमान रहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई २६ हजार, बेस्ट प्लेयरलाई ५ हजार र राईजिग प्लेयरलाई ५ हजार नगदको व्यवस्था गरिएको छ । कबड्डी प्रतियोगितामा सहज र सुरक्षा प्रदान गर्नको लागि सिसि क्यामराको जडान समेत गर्ने आयोजकले जनाएको छ ।