रिगललाई अर्कै कारागारमा सार्ने कार्य प्रती परिवारजनको असन्तुष्टी

बाँके,बैशाख १८ 

बाँकेको नेपालगंन्ज स्थित धम्बोझी चोकमा चेतन मानन्धर हत्याकाण्डमा मुछिएका रिगल ढकाललाई प्रहरीले असुरक्षा देखाउँदै विभिन्न ठाउँका कारागारमा सारिरहेको प्रती ढकाल परिवारले आपत्ती जनाएको छ । 

ढकाल परिवारले प्रेस विज्ञप्ती निकाल्दै भनेको छ, निजको बाँके जिल्लामा मुद्दा चलीरहेको र सम्मानीत जिल्ला अदालतले सुनाएको फैसलाको लिखित कागजात नबुझिसकेको अबस्थामा पनी गृह प्रशासनले विना कारण पटक पटक विभिन्न कारागारमा सार्ने कार्य प्रती परिवारजन असन्तुष्टी रहेको उल्लेख गरेको छ ।

यस भन्दा पहिले ढकाललाई प्रहरीले पुर्पक्षका लागी नेपालगंज कारागारमा राखेको थियो । पछि असुरक्षा देखाउदै प्रहरी प्रशासनले जिल्ला कारागार बर्दियामा सारेको थियो । विगत ८ महिना देखी बर्दिया कारागारमा रहेका ढकाललाई प्रहरी प्रशासनले सुनसरी जिल्ला कारागारमा लैजाने तयारी भैरहेको परिवारले थाहा पाए पछि आपत्ती जनाएको हो ।

ढकाल परिवारले भनेको छ,कानुनी मर्यादा पालना गर्दै आत्मसमर्पण गरेको अवस्थामा पनी निजलाई पटक पटक कारागार सार्ने कार्यले परिवारलाई मानसिक यातना र थप शंका उत्पन्न गराएको छ । यसरी कानुनको दायरामा आएको व्यत्तीलाई अन्यत्र सार्ने काम तत्काल बन्द गर्न हामी ढकाल परिवारले माग गरेका छौं ।

यदि आवश्यकता अनुसार सार्नु पर्ने अवस्था आए व्यत्तीको सुरक्षाको पुर्ण प्रत्याभुती दिलाउन समेत माग राखेका छौं । अन्यत्र सार्नु पर्ने अवस्था आए परिवारलाई भेटघाट गर्न सजिलो प्रदेश नं. ५ अन्तर्गतका सहज जिल्लाका कारागारमा राख्न समेत नेपाल सरकार संग माग राखेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

( प्रेस विज्ञप्ती )