असिना पिडित बस्तीमा उप प्रमुख

नेपालगञ्ज,बैशाख,१७-

नेपालगन्ज उप महानगरपालिकाका उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले असीनाले पुर्याएको क्षतीको अवलोकन गरेको छ ।नेपालगञ्ज वडा नं.२० को नयाँबस्ती, थपुवा, गुन्नपुर, मदनापुरमा आईतवार आएको हावाहुरी असिनावाट पिडित बस्तीमा उप प्रमुख मगरले सोमवार अनुगमन गर्दै पीडितलाई सहानुभती प्रकट गर्नु भएको हो ।

असिनाबाट करिव ५० घर बढीमा क्षती पुगेको वडा न २० का अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनु भयो । टायलबाट बनेका अधिकांस घरमा क्षेति भएको छ ।

वडा अध्यक्ष कार्की, उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई, अक्सफामका टिम लिडर जीवन कअसुला, बि ग्रप का राम निवास यादव लगायतले असीनाले पु¥याएको क्षतीको अवलोकन गर्नु भएको थियो ।क्षतीको वास्तविक विवरण संकलन गरेर उपमहानगरपालिमा पेश गरिने अध्यक्ष कार्कीले बताउनु भयो ।