जे. शर्मा मेडिकलमा गएराति आगलागि

२ करोड बराबरको क्षति

बाँके,बैशाख,१६-

नेपालगन्जको धम्वोझी स्थित जे. शर्मा मेडिकलमा गएराति आगलागि भएको छ । आगलागिबाट करिव २ करोड बराबरको क्षति भएको छ ।नेपालगन्जमा जे शर्मा मेडिकलका नामले चर्चित यस मेडिकलमा स्वास्थ्यकर्मी जीवन शर्माले विरामीको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने भएकोले सेवा ग्राहीको घुईचो लाग्ने गर्दथियो ।

जे शर्मा मेडिकलका सञ्चालक समेत रहेका जीवन शर्माका अनुसार आगलागिबाट मेडिकल, ल्यावका सामाग्री सहित भवनमा समेत क्षति भएको छ । करिव एक महिना अगाडि आफ्नै भवनबाट सेवा आरम्भ गरेको मेडिकलमा आज राति एक्कासी आगलागि पछि प्रहरी, दमकल र स्थानीय वासीको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो।

मेडिकल भित्र रहेको औषधि, ल्यावका सामान लागाएत सम्पुर्ण मेडिकल सामग्री र भवनको साजसजावट समेत जलेर नष्ट भएका छन् । स्थानीयका अनुमान अनुसार विद्युत सट भएर आगलागि भएको अनुमान गरिएको छ ।