ओकिनावा,फाल्गुन,१०-जापानको ओकिना शहरमा हुन लागेको दोस्रो नेपाल फेस्टिवलको तयारी पुरा भएको छ।
एकताको महोत्सव, हाम्रो विविधताको उत्सव भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती ओकिनावा (एनआरएनए) को आयोजनामा भोली फेब्रअरी २३ तारिख आईतवारका दिन हुने एक दिने नेपाल फेस्टिवलको तयारी पुरा भएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागितामा जनाउन एनआरएनए जापानको केन्द्र र क्षेत्रीय समितीका पदाधीकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी पुगिसकेका छन्।
यस्तै फेस्टिवलमा लोक तथा दोहोरी गायक सुर्य खड्का, पछिल्लो समय ओकिनावामा जापानीज सामु आफ्ना कमेडियन कला प्रस्तुत गर्दै चर्चित बन्न सफल राम आचार्य लगायत स्थानीय कलाकारको प्रस्तुती रहने छ।
ओकिनावा स्थित एभरेष्ट रेष्टुरेण्टमा भएको एक वल्कम डिनर कार्यक्रममा बोल्दै गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष नविन न्यूरेले नेपाल फेस्टिवलको आयोजना गर्नुको मुख्य कारण नेपाली कला संस्कृती, भेषभुषा, रहन सहन र खानपिनलाई जापानीज लगायत विदेशी सामु चिनाउनु नै मुख्य उद्देश्य रहेको बताउनु भयो ।
यस्तै गैर आवासिय नेपाली संघ जापानका उपाध्यक्ष देवराज उप्रेतीले नेपाल फेस्टिवल जस्ता कार्यक्रमले हाम्रो कला संस्कृतीको जगेर्ना गर्ने जापानजीज लगायत विदेशी सामु चिनाउन टेवा पुग्ने र जापानीज लगायत विदेशी नागरिकलाई नेपाल भ्रमणको निम्तो दिने लक्ष्य रहेको उहाँले बताउनुभयो।
त्यसैगरी : कार्यक्रममा बोल्दै गैर आवासिय नेपाली क्षेत्रीय समितीका संयोजक देवेन्द्र खड्काले नेपाली संस्कृती झस्किने गरि फेस्टिवलमा विभिन्न जातजातीका झाँकि सहित कार्यक्रमको सुरुवात हुने बताउदै नेपाल फेस्टिवलमा आर्थीक सहयोग गर्ने सहयोगीदातालाई धन्यवाद दिदै ओकिनावामा बसोवास गर्ने सम्पुर्ण नेपालीलाई नेपाली पहिरन झल्किने गरि उपस्थिती भैईदिन सबैमा आग्रह गर्नुभयो।