आज विश्व रेडियो दिवस !

काठमाण्डौं,फागुन,१-

यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेबमोजिम हरेक वर्ष आजको दिन रेडियोको भूमिका र महत्वबारे छलफल गरिंदै आइएको छ ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने रेडियो नेपालको स्थापनासंगै २००७ साल चैत्र २० गते रेडियो सञ्चालन सुरु भएको हो ।

२०४९ मा कानूनी रुपमा व्यवस्था गरिएपछि नेपालमा २०५२ सालदेखि रेडियो नेपालले नै एफएम प्रशारण सुरु गरेको हो । हाल एफएम रेडियोको विस्तार भै अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् भने अधिकाँश जिल्लामा आधा दर्जनबढी एफएम रेडियो सञ्चालनमा छन् ।रेडीयो नेपाल