दाङमा कृषिआधुनिकीकरण एककरोड वढि वजेट विनियोजन

दाङ,बैशाख,५-
जिल्लाको कृषिआधुनिकीकरण एककरोड वढि वजेट विनियोजन भएको जिल्ला कृषिविकास कार्यालय दाङले जनाएको छ । किसानसमुहको लागत सहभागितामा कृषि आधुनिकीकरण कार्यक्रमको वजेट कार्यान्वयन हुने जिल्ला कृषिविकास कार्यालय दाङका प्रमुख दिपक शर्माले जानकारी दिनुभयो  ।

प्रधानमन्त्री कृषिआधुनिकि करण कार्यक्रम अन्र्तगत उक्त वजेट विनीयोजन भएको हो । परम्परगत कृषि प्रणालीमा किसानको उत्पादन (फसल) महंगो पर्ने वजारमुल्य सस्तो हुँदाकिसानलाई परेको आर्थिकभारको समस्या हल गर्न जिल्लामा कृषिआधुनिकि करण कार्यक्रम सञ्चालन भएको कृषिविकास कार्यालय दाङले जनाएको छ ।

कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत विभिन्न ३शिर्षक वाट वजेट कार्यान्वयन गरीने जिल्ला कृषिविकास कार्यालय दाङका कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । कृषि उपकरण खरिदका लागि कसटमर हायरीङ सिष्टममा ५०लाख ,पोण्टहार्वे सेण्टरमा २५लाख र माछावलगमा २६लाख गरी एक करोड १लाख को वजेट कृषिआधुनिकीकरण का लागि जिल्लामा कार्यान्वयनको चरणमा रहेको जनाईएको छ ।

कसटम हायरीङ सिष्टम अन्र्तगत कृषक समुहले कृषि कार्यका लागि आवश्यक पर्ने कृषि उपकरणहरु पचार प्रतिशत लागत सहभागितमा खरिद गर्नेछन भने उपकरण सञ्चालन वा प्रयोग पनि सोहि कृषि समुहको मातहतमा किसानहरुले भाडामा प्रयोग गर्नपाउने व्यवस्था रहेको जिल्ला कृषिविकास कार्यालय दाङका कार्यालय प्रमुख दिपक शर्माले जानकारी दिनुभयो ।

कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत पोण्टहार्वे सेण्टरमा कृषक समुहले उत्पादित वालि भण्डारणका लागि उपयुक्त स्थानमा गोदाम वा उत्पादनभैसकेपछि प्रयोग हुने कृषि औजार खरिदगरी सञ्चालन गर्नपाउने जनाईएको छ । मत्सय पालनको विकासका लागि उपयुक्त स्थानमा पोखरी निर्माण गरी माछापालनमा किसानहरुलाई हौसला प्रदान गर्ने जिल्ला कृषिविकास कार्यालय दाङले जनाएको छ ।

जिल्ला लाई माछामा आत्मनिर्भर गराउन माछावल्गमा सरकारले किसान सहुलियत कार्यक्रम ल्याएको हो । कृषि क्षेत्रलाई थप व्यवस्थीत गरी कृषि उपकरण प्रयोगमा किसानहरुलाई हौसला प्रदान गर्न आउँदो नयाँ आर्थिक वर्ष देखि गहरा मिलानमा पनि केहि सहयोग गर्ने नयाँ निति आउने जिल्ला कृषिविकास कार्यालय दाङले जनाएको छ ।

खेतियोग्य जमिनमा गहरा साना हुँदा टेकटर वा पावर टेलरले जोत्न वा जग्गा तयार गर्न समस्याभएका स्थानमा कार्यालयले किसानहरुलाई केहि रकम सहयोग गरेरभएपनि गहरा सुधार गर्ने रणनितिमा सरकार रहेको कार्यालय प्रमुख दिपक शर्माले जानकारी दिनुभयो ।