
टोकियो,असोज,१५-नागोयामा फुटसल टुर्नामेण्ट हुने भएको छ।
नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले प्रवासमा रहेका फुटबल खेलप्रमी नेपाली समुदायमा फुटबल खेल मार्फत भाईचाराको सम्बन्धलाई अझ प्रगाढ राखौं भन्ने मुख्य उद्देश्यका साथ फुटसल टुर्नामेण्टको आयोजना गर्न लागेको क्लवका अध्यक्ष रोशन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
उहाँका अनुसार नागोयामा रहेको नेपाली रेष्टुरेण्ट नेपाल स्टेशनका मालिक सागर ढकाल ज्यूले प्रायोजीत गर्नु भएको फुटसल टुर्नामेण्ट यहि आउँदो नोभेम्बर महिनाको १ तारिख शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा टुर्नामेण्ट हुने बताउनुभयो।
“अध्यक्ष गुरुङले भन्नुभयो” आगामी नोभेम्बर १ तारिख हुने टुर्नामेण्टका लागि हामिले टिम दर्ता खुल्ला गरिसकेका छौं र समय मै आफ्नो टिम दर्ता गरी सहयोग गरीदिन सबैमा अपिल गर्दछौं।
त्यसैगरि नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले आयोजना गर्न गईरहेको टुर्नामेण्टमा सहभागि हुने टिमलाई दर्ताको लागि ४ मान दस्तुर तोकिएको छ।
उक्त टुर्नामेण्टमा विजेता टिमले नगद ४ लाख ११ हजार १ सय ११ येन सहित ट्रफि र मेडल पाउने छ भने उपविजेता टिमले नगद २ लाख ११ हजार १ सय ११ येन तथा ट्रफि र मेडल पाउने छ।
यस्तै उत्कृष्ट गोलकर्ता, उच्च गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच,पाँच हजार जापानीज येन सहित ट्रफी पाउने आयोजकले जनाएको छ।
टिम दर्ताका लागि आयोजक टिमको नाम रहेको जापान पोष्ट (JP) बैंकको खाता नम्बरमा जम्मा गर्नु पर्ने छ।
खातामा नाम : NNFC名古屋 エヌエヌエフシーナゴヤ
खाता नम्बर : 12040-05721681 ( रहेको छ।)
खेलको बारेमा विस्तृत जानकारी र ठेगाना हेर्न परे तल दिएको सम्पर्क नम्बरमा फोन गर्न सक्नु हुनेछ।
रोशन गुरुङ : ०९०-९५७४-८१५२
नवराज क्षेत्री :०७०-९३१२-३२४५
बबिन घले : ०७०-२४३५-४७४३
खेल हुने स्थान :
VENUE: UB TOKAI FUTSAL CLUB
AICHI KEN TOYOTA SHI KOSHIDOCHO HIGASHIKOSASA 60 (056-43-0506)





