ब्राजिल संग बराबरी खेल्दै अर्जेन्टिना विश्वकपमा छनोट

ब्राजिल यस अघि नै छनोट भैईसकेको छ ।

काठमाडौं,मंसिर,१-ब्राजिल संग बराबरी खेल्दै अर्जेन्टिना फिफा विश्वकपमा छनोट भएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेल्दै अंक बाढेका थिए ।

अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ ।शीर्ष स्थानको ब्राजिल यस अघि नै कतार विश्वकपमा छनोट भईसकेको छ ।

अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहदै विश्वकपमा छनोट भएको छ ।