थप ३४ सय ५१ जनामा कोभिड संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं,साउन,३२-नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार ९३ पीसीआर र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ३४ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा हालसम्म पीसीआर र एन्टिजेन परीक्षणबाट कुल संक्रमित हुनेको संख्या ८ लाख १० हजार ८ सय ४९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६ लाख ६८ हजार १ सय ४० पुगेको छ । निको हुने दर ९३.२ प्रतिशत रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर ३९ हजार ३ सय ७१ पुगेको छ । सक्रिय संक्रमितमध्ये ७ सय ९५ जना आइसियूमा र १ सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३६ हजार ३६ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ३५ संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।