पूर्वाञ्चल ल्युब आयलको आईपीओ आउँदै

काठमाडौं,माघ,२०-पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले ५ लाख कित्ता आईपीओ निष्कासन गर्न विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

नियुक्तिसम्बन्धी सम्झौता बुधवार सम्पन्न भएको छ।सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ।सेबोनबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्ने बताइएको छ।

सुन्दरहरैचा–९मोरङ, विराटचोकमा रजिस्टर्ड कार्यालय रहेको कम्पनीले विगत २३ वर्षदेखि आफ्नो उत्पादन नेपाली बजारमा आपूर्ति गर्दै आएको छ।

कम्पनीले हाल नेपालभर ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा व्यापारीमार्फत लुब्रिकेन्ट विक्री गर्दै आएको जानकारी दिएको छ।