जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ को मृत्यु, एक वेपत्ता

फाईल तस्विर !!

काठमाडौं,असोज,२१-जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना अझै वेपत्ता छन्।

दुर्घटनामा जुनीचाँदे-११ का वडाध्यक्ष अमरबहादुर शाही, ६१ वर्षीय किर्तिबहादुर शाही, ३२ वर्षीय खेमबहादुर शाही, २९ कृष्णबहादुर शाही, २९ वर्षीय मालिका बस्नेत र थप एकजनाकाे ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताउनुभयो ।०

उहाॅंका अनुसार एकजनाको शव फेला परेकोमा उनको पहिचान खुलेको छैन।

थप एक जना घाइते भएका छन्।जीप खलङ्गाबाट जुनिचाँदी जाँदै गर्दा स्थानीय औलखोलामा खस्दा दुर्घटना भएको उहाॅंले बताउनुभयो ।