विश्वकप लिग-२ क्रिकेटमा स्कटल्यान्डमाथि नेपालको २ विकेटले विजयी

काठमाडौं,फाल्गुन,९-नेपालले विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे ।यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिजमा क्लिन स्वीप गरेको छ । नेपालले लिग–२ मा पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।

करण केसीले ३७ बलमा ३१ रन बनाए । ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७ रन बनाए । त्यसैगरी आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए ।

ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने सन्दीप जोराले १ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए । नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे ।

यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।