गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी”को मेयर राणाद्वारा विमोचन

नेपालगन्ज,जेष्ठ ,२०- लोकप्रिय गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी” को सोमबार नेपालगन्जमा एक कार्यक्रमकाबिच विमोचन गरिएको छ। करिव एक दशक बढी आफ्नो अमुल्य समय सांगीतिक क्षेत्रमा व्यतीत गरेका गायक सेढाईको नयाँ गीत “ए कान्छी” नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाद्वारा नेपालगन्जको स्वस्तिक कटेजमा गरिएको हो। गायक सेढाईको शब्द ,संगीत तथा सेढाईकै र पुर्णिमा […]

चलचित्र “कप्स”मा पृथक विषयवस्तु उठान गरिएको छ : निर्देशक सम्राट सापकोटा

नेपालगन्ज,जेष्ठ ,१५- आउने शुक्रबार जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’मा पृथक विषयवस्तुलाई उठान गरिएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । लामो समय अभिनयमा सक्रिय सापकोटाले चलचित्र `कप्स´प्रथम पटक निर्देशन गरेका हुन् ।आइतबार राजधानीमा चलचित्रको जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा `कप्स´मा एक कर्तव्यनिष्ठ नेपाल प्रहरीको कथालाई उतारिएको उनले जानकारी दिए। पछिल्लो समयमा हास्य […]

चलचित्र “कुम्भ करण” जेष्ठ १७ गते बाट देशभर एकसाथ प्रदर्शन हुँदै

नेपालगन्ज,जेष्ठ,११- आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्र “कुम्भ करण” जेष्ठ १७ गते (शुक्रबार) बाट देशभर एकसाथ प्रदर्शन हुनेभएको छ। दिपक वली निर्देशित उक्त चलचित्र एक ग्रामीण विद्यालयका शिक्षक-शिक्षिकाबिचमा हुने प्रेम सम्बन्ध, द्वन्द र सस्पेन्समा आधारित रहेको छ। चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी , अभय बराल संगै आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा […]

लेउन माया लेउ भन्दै आए टंक र एलिना (भिडियो सहित)

नेपालगन्ज,जेष्ठ,०९- बहुचर्चित लोकपप गायक टंक तिमिल्सिना र गायिका एलिना चौहान नेपाली सांगीतिक बजारमा `लेउन माया लेउ ´ भन्दै प्रस्तुत भएका छन । बिहीबार (आज)मात्रै बजारमा सार्वजनिक बिल्कुलै नयाँ गीत `लेउन माया लेउ´ मार्फत उनीहरू प्रस्तुत भएका हुन। सनसनी, मैना, छुची मायालु जस्ता थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका गायक तिमिल्सिनाले यो पटक भने पहिलेका उनका आफ्ना […]

सैलेन्द्र भण्डारीको ‘निस्टुरी भाग २’ गीत बजारमा आउँदै

नेपालगन्ज,जेष्ठ ,०३- दैलेखि गायक सैलेन्द्र भन्डारी सलुको चर्चित गित निस्टुरीको दोस्रो भाग चाडैं नै बजार आउने भएको छ । दैलेखी गायक तथा सर्जक सैलेन्द्र भण्डारी सलुको शब्द तथा संगीत रहने उक्त गितमा यसपाली भने भण्डारीले स्वरको लागि नवगायक सपन घर्ती मगर र कबिता परियारलाई जिम्मा दिएका छन् । ब्लोसम म्युजिक प्रालीद्वारा यसै हप्ता बजारमा आउने […]

भेरी प्राविधिक शिक्षालयको आयोजनामा नि:शुल्क व्युटिसीयन तालिम सञ्चालन

नेपालगन्ज ,बैशाख, २४- प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् अन्तर्गत भेरी प्राविधिक शिक्षालय नेपालगन्जको आयोजनामा अाज(मंगलबार) देखि लेवल एकको ३ सय ९० घण्टाको असिस्टेन्ट व्युटिसीयन (सौर्न्दर्यकर्मी) तालिम नेपालगन्जमा सञ्चालन भएको छ । नेपालगन्जको वडा नं ४ सेतु बि-क- चोक न्युरोडमा मा रहेको  गुड न्यु अाई टि-सी- ट्रेनिङ एण्ड व्युटिसीयन तालिममा उक्त तालिम सञ्चालन हुन लागेको […]

टेक्निकल कलेजका बिद्यार्थीहरुले गरे आफूले बनाएको चित्रकला प्रर्दशनी

नेपालगन्ज, बैशाख,२०- टेक्निकल कलेजका बिद्यार्थीहरुले नेपालगन्जमा आफूले बनाएका चित्रहरु शुक्रबार प्रदर्शन गरेका छन। प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका विद्यालय नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलको संयुक्त आयोजनामा शुक्रबार उक्त प्रदर्शनी कार्यक्रम गरिएको थियो। दुबै स्कुलमा अध्ययनरत बिद्यार्थीहरुद्वारा बनाएका हस्तकला चित्रकला प्रर्दशनी नेपालगन्ज टेक्निकल कलेजको प्राङ्गणमा गरिएको थियो। कलेज तथा स्कुलमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले […]

गुड न्यु आइटिसी ट्रेनिङ्ग सेन्टर तथा ब्युटी पार्लरको ९ दिने तालिम सम्पन्न

नेपालगन्ज,चैत्र,२४- नेपालगन्जमा ९ दिने ब्युटी पार्लर तालिम आइतबार सम्पन्न भएको छ। गुड न्यु आइसिटी ट्रेनिङको आयोजनामा पार्लर सम्बन्धी स्किन कक्षा र सौन्दर्य तालिम सम्पन्न भएको हो। रसिया तथा भारतमा तालिम प्राप्त काठमाडौंकि मेकअप आर्टिष्ट पुनम श्रेष्ठ र कस्मोलोजिष्ट बिमला रोजाईद्वारा उक्त तालिम दिइएको गुड न्यु आइसिटीकी सन्चालिका गीता भण्डारीले बताईन। स्किन क्लास तालिम ४ दिन […]

उडान नेपालले दियो ४९ जनालाई चित्रकला अभ्यास तालिम

नेपालगन्ज,चैत्र,२३- उडान नेपालले शुक्रबार ४९ जनालाई चित्रकला अभ्यास तालिम दिएको छ। युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शुक्रबार चित्रकला अभ्यास तालिम भएको हो।   नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म सन्चालित उक्त चित्रकला अभ्यास तालिम चित्रकार सागर क्षेत्रीद्वारा दिइएको […]

उडान नेपालले गर्यो नेपालगन्जमा प्रतिभा अभिमुखिकरण कार्यक्रम

नेपालगन्ज,चैत्र,१६- सामाजिक कार्य गर्ने मुख्य उद्देश्यको साथ कोहलपुरमा स्थापना भएको उडान नेपाल संस्थाको आयोजनमा नेपालगन्जमा अबस्थित सिएस ई एजुकेसनको हलमा प्रतिभा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ। ‘युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा हाम्रो उद्देश्य’ भन्ने मुख्य उद्देश्यका साथ सन्चालन गरिएको कार्यक्रममा विभिन्न बिधाहरुलाई नेतृत्व गरि १६ जनाले आफ्नो प्रतिभा राखेका थिए। सहभागी १६ जना मध्ये कविता […]