सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो सद्भावका प्रिया स्मृति ढकाल पुरस्कृत

नेपालगन्ज ,जेष्ठ ,१५-


रेडियो सद्भावका समाचार प्रमुख प्रियास्मृति ढकाल सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क(सिआइएन) ले पहिलो पटक आफ्नो दशौं बार्षिकोत्सबमा प्रदान गरेको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट ढकाल आज पुरस्कृत हुनुभएको हो ।

राजधानीमा आज(बुधबार ) आयोजित सिआइएनको वार्षिकोत्सव समारोहमा सभामुख कृष्ण बहादुर महराले ढकाललाई पुरस्कृत गर्नुभएको हो । सिआइएनसंग सहकार्य गरिरहेका रेडियोहरुमा कार्यरत पत्रकारहरुले रेडियो पत्रकारिता मार्फत् समाज रुपान्तरणमा पुर्याएको योगदानको मूल्यांकन गर्दै अबदेखि प्रत्येक बर्ष देशभरका सामुदायिक रेडियोका एक जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिने सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुवास खतिवडाले बताउनुभयो । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।