सन्दीप नेपाल आईपुगे: विमानस्थलबाटै पक्राउ

काठमाडौं,असोज,२०-बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् ।

दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।यस्तै प्रहरीले सन्दीपविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरिसकेको थियो ।