संसद सचिवालयलाई दाहाल-नेपालको पत्र:ओलीको कार्यलाई मान्यता नदिनु

फाईल तस्विर !!

काठमाडौं,फागुन,२०-नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ ।

सो समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो ।

सो समुहले ओली समुहलाई संसदीय दलको हैसियतमा गर्ने कुनै पनि कार्यलाई मान्यता नदिन पनि आग्रह गरेको छ ।

पत्रमा पार्टीको विधान अनुसार साधारण सदस्य तथा अध्यक्षबाट निश्कासन गरिसकेकाले संसदीय दलको नेताको रुपमा रहन नसक्ने भन्दै सम्बन्धीत सबैको ध्यानाकर्षण गराईएको छ ।