दाङको डुरुवा ४ कोठरीमा हुने माघी महोत्सवमा नायीका रेखा थापा आउँदै

आर.के.शित्तल
घोराही मसिर ३० –दाङको डुरुवा ४ कोठरीमा यहि पुष १२ गतेदेखी सञ्चालन   हुन लागेकोे माघी महोत्सवमा नायीका रेखा थापा दाङ आउनुहुने भएको छ । लागु औषध विरुद्धको सचेतना कार्यक्रमकालागी हुने महोत्सवमा लोकप्रीय नायीका रेखा थापा दाङ आउने आयोजकले बताएको छ । नायीका थापा कार्यक्रमका लागी पहिलो पटक दाङ आउन लाग्नुभएको हो । पुष १२ देखी १७ गतेसम्म हुने ‘माघी विशेष साँस्कृतिक कार्यक्रम–२०७३’ मा आफ्नो प्रस्तुतिकालागी नायीका थापा दाङ आउने कार्यक्रम संयोजक यमबहादुर पुनले जानकारी दिनुभयो ।

२ सयभन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी नायीका थापाले चलचीत्र निर्देशन पनि गरिसक्नुभएको छ । ‘स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध न्यूनिकरण गर्ने हाम्रो रहर’ भन्ने मूल नाराका साथ नवजागरण नेपाल दाङको मुख्य आयोजना, नव शीर्जनसील युवा क्लबको सहआयोजनामा हुन लागेको हो । सांस्कृतिक महोत्सवमा लागु औषध दुव्यर्सन सम्वन्धी जानकारी पनि गराईने छ । स्वर्गद्धारी टेन्ट हाउसको व्यवस्थापनमा हुने महोत्सवमा चर्चीच केन्द्रिय तथा स्थानीय स्तरका चर्चीच कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ ।