कैलालीमा बर्षासंगै आएको बाढीले एकसय भन्दा बढी घर डुवायो

कैलाली,साउन,१४-कैलालीमा बर्षासंगै आएको बाढीले एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् । जोशीपुरमा काँडा नदी गाउँमा पसेपछि २५ घर डुवानमा परेका छन् ।उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो […]

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

कास्की,साउन,२-कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता […]

तनहुँ पहिराे अपडेटः मृत्यु हुने संख्या ६ पुग्याे, पाँच बेपत्ता

काठमाडौं,असार,२९-अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी […]

गाउँमा पहिरो जाँदा संखुवासभामा ११ जना बेपत्ता, सात घर बग्यो

काठमाडौं,असार,२८-संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाएको छ।सिलिचोङ १ सिसुवाखोलामा गए राति पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोले सात घर बगाएको छ। सिसुवाखोलास्थित बेसिन्दा गाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । घटनास्थलमा अझै प्रहरी पुगेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ। […]

उदयपुरमा बाढीले बगाउँदा दुईको मृत्यु, एक बेपत्ता

उदयपुर,झापा,असार,२८-निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ । यसैगरि विरिङ खोलामा आएको बाढीले बगाउँदा […]

नेपालमा बाढी पहिरोमा परी ३५ जनाको मृत्यु, ३२ घाइते, ३४ जना बेपत्ता

काठमाडौं,असार,२६-नेपालमा गत जेठ ३१ देखि असार २६ गतेसम्म गएको बाढी पहिरोमा परि ३५ जनाले ज्यान गुमाउनुका साथै ३२ जना घाइते तथा ३४ जना अझै बेपत्ता रहेका छन।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त तथ्यांक प्रस्तुत गर्नुभएको हो। ओलीले हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले […]

जाजरकोटमा पहिरोले दुई घर बगाउँदा १२ बेपत्ता मध्ये ७ जनाको शव फेला

जाजरकोट,असार,२६-जाजरकोट बारेकोट गाउँपालिका–४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ । बेपत्तामध्ये सात जनाको शव भेटिएको र जसमध्ये तीन जनाको पहिचान खुल्न सकेको छैन । पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु […]

सिन्धुपाल्चोकमा पहिरो : २० जना बेपत्ता खोज्न थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं,असार,२६-बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजि तथा उद्धारका लागि शुक्रबार बिहान थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान गरेका छन्। प्रहरी प्रधान कार्यालयबाट खोजी तथा उद्धारका लागि २५ जनाको टोली सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा बुधबार राति गएको पहिरोमा बेपत्ता २० जना अझै भेटिएका छैनन् लगातारको वर्षाका […]

पोखरामा पहिरो जादाॅं ६ जनाको को मृत्यु, ८ जना घाइते

पोखरा,असार,२६-कास्की जिल्लाको पोखरा, सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।१० जना मध्ये ५ जनाको मृत्यु भएको छ।उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल […]

लमजुङमा पहिरोले घर पुरिदाँ एकै परिवारका तीनको मृत्यु

लमजुङ,असार,२६-लमजुङ जिल्लामा गएराती भारी वर्षासँगै आएको पहिरोमा पुरिदाँ  एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको घर पहिरोमा पुरिएका हो । गए राति ११ बजेको समयमा पहिरोले घर पुरिदाँ ३० बर्षका दिपक तामाङ, उनको श्रीमती २५ बर्षीया विमाया तामाङ र नौ बर्षका छोरा छेवाङ […]