बाह्रबिसे पहिरोका चार घाइतेलाई दुई हेलिकोप्टरमा काठमाडौँ ल्याइयो

काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई काठमाडौँ ल्याइएको छ।बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताउनुभयो। कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० महिनाका बच्चालाई काठमाडौँ ल्याइएको उहाॅंले जानकारी दिनुभयो । अन्य तीनजना घाइतेको […]

चार दिनसम्म देशभर भारी बर्षा हुन सक्छ : मौसमविद्

काठमाडौं,असार,२५-आज(बिहीबार)देखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै मौसम पुर्वानुमान महाशाखाले सर्वसाधारणलाई सचेत तुल्याएको छ । भारी बर्षासंगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म पुग्नसक्ने पूर्वानुमान गरिएको छ । यसैबीच, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले प्रेस नोट जारी […]

सिन्धुपाल्चोक पहिरोमा परी २ को मृत्यु, १८ जना अझै बेपत्ता

काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ।बाह्रबिसेमा पहिरोमा परेर डेढ वर्षीया छोरी निउना बस्नेत र उनका बुबा २० वर्षीय निकेश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। सिन्धुपाल्चोक माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ […]

जापानमा बाढीका कारण ५१ जनाको मृत्यु, फुकुओकामा पनी १ को मृत्यु

फुकुओका,जापान,असार,२३-जापानमा गत शुक्रबारबाट निरन्तर परिरहेको अबिरल वर्षाका कारण जनजिवन थप कष्टकर बन्दै गएको छ । जापानको दक्षिण पश्चिमी क्षेत्र क्युशुमा तीव्र वर्षाले दर्जनौं व्यक्तिको मृत्यु भैसकेको अधिकारिहरुले बताएका छन् । अहिले  फुकुओका, सागा र नागासाकी क्षेत्रमा रहेका मानिसहरूलाई नदीहरुको किनारमा नजान र पहिरोबाट बच्नका लागि सतर्क रहन आग्रह गर्दै यस क्षेत्रमा आपतकालीन चेतावनी दिएको छ।अधिकारीहरुका अनुसार फुकुओका प्रान्तमा एक […]

जापानको कुमामोटो प्रान्तमा बाढीपहिरोमा परी २४ जनाको मृत्यु

जापान,असार,२२-जापानमा केहि दिन अघिबाट निरन्तर परिरहेको अविरल झरिका कारण २४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।   जापानको दक्षिण पश्चिमी कुमामोटो प्रान्तमा अविरल परिरहेको वर्षा संगै आएको बाढी पहिरोमा परि २४ जनाको मृत्यु भएको हो,भने १२ जना हराईरहेका छन् ।हराइरहेका ति व्यक्तिको उद्धारकर्मीहरूले खोजी जारी राखेका छन।उद्धारकर्मीहरूका अनुसार त्यहा के कति क्षति भएको छ यसबारे […]

बझाङमा पहिरो जाँदा सात जना वेपत्ता, १७ वटा घर बगायो

बझाङ,असार,२०-बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्।जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् । गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो।बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिनुभयो । पानी […]

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

काठमाडाैँ,असार,७-आज आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ ।मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाॅंले बताउनुभयो। शास्त्रीय मान्यताअनुसार शनिबार […]

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता

पर्वत,जेठ,३२-कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । चार जना बेपता छन् ।पहिरोमा पुरिएका मध्ये थप दुई जनाको शव फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शव आज बिहान फेला परेको हो । पहिरोमा पुरिएका चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यस अघि गएराती […]

सकियो खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलले गरे सूर्यग्रहणको अवलोकन

काठमाडौं,पुस,१०- पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिएको थियो। नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य ग्रहणको कुल अवधि २ […]

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित

कैलाली,पुस,३- शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो।चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ । विशेषगरी कैलाली,कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, […]