जापानमा चट्याङ पर्नु भन्दा पहिल्यै थाहा पाउन सकिन्छ,बच्ने उपाय सहित

टोकियो,जापान,असार,२२-सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ।वर्षायाममा अथवा हुरीबतासको मौसममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन नै चट्याङ् हो। चट्याङ आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो। यसैविच:जापानमा चाहिँ चट्याङ पर्नु भन्दा पहिले नै थाहा पाउन विभिन्न स्थानमा […]

च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातोलाई

टोकियो,जापान,असार,३-जापान नेपाल फुटबल संघ (एन्फा, जापान) ले आयोजना गरेको च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातो (अ) ले जितेको छ। जापान स्थित नेपाली राजदुत  महामहिम डा.दुर्गा बहादुर सुवेदी ज्यूले नेतृत्व गर्नु भएको टिम नेपाल रातोले उपाधि जितेको हो। उहाँको टिमले पूर्व राष्ट्रीय टिमका कप्तान राजु काजी शाक्यले नेतृत्व गर्नु भएको नेपाल निलो (अ) टिमलाई […]

धनगढीको तापक्रम ४३.३६ डिग्री पुग्यौ, २८ वर्षपछि कै उच्च तापक्रम

धनगढी,जेठ,१६-कैलालीको धनगढीमा २८ वर्षपछि उच्च तापक्रम मापन गरिएको छ।बुधवार धनगढीको तापक्रम ४३.३६ डिग्री मापन गरिएको हो। मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा जानकारी दिनुभयो। धनगढीमा गत वर्ष भने उच्च […]

जापानीज संगै विदेशीहरु साकुराको सौन्दर्यतामा रमाउदै

टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ।“साकुरा” जापानको राष्ट्रिय फूल पनि हो। जापानले सन् १९९२ देखि मार्च  २७  लाई साकुरा दिवसका रूपमा मनाउँदै आईरहेको छ।यहाँ साकुरालाई शान्तिको प्रतीक मानिन्छ। वसन्त ऋतुको आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो,पार्क, वनजंगल,घरअगाडीका बगैँचाहरू “साकुरा” फूलले सेताम्मे र राताम्मे […]

टोकियो विश्वकै सबैभन्दा सुरक्षित शहर

टोकियो,जापान,मंसिर,१९-जापानको राजधानी टोकियो शहर विश्वकै सबैभन्दा सुरक्षित शहर रहेको छ। टोकियो शहर सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित शहरको रुपमा देखिएको हो। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको एक अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित शहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ। वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित शहर पनि जापानकै ओसाका […]

आज खण्डग्रास सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

काठमाडौं,कार्तिक,८-आज मंगलवार खण्डग्रास सूर्यग्रहण लाग्दैछ।आजको दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण लाग्ने भएको हो। यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ।करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ।साँझ ५ बजेर २४ मिनेट मा […]

पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघ्यो

बाँके,असोज,२०-बिहिवार राती देखि परिरहेको अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ । राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा […]

वर्षाका कारण देशभरका खोलानालामा पानीको सतह बढ्यो

काठमाडौं,असोज,२०-मनुसनी गतिविधी सक्रिय भएर बुधबार राति तथा बिहीबार बिहान परिरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ । चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको हो । आकस्मिक बाढीको सम्भावना रहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको […]

आज पनि दिनभर वर्षा हुने

काठमाडौं,कार्तिक,३-आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको […]

नदीको टापुमा फसेका चार जनाको उद्धार

बाँके,कार्तिक,२-सोमबार साँझदेखि राप्ती नदीमा फसेका चार जनाको उद्धार भएको छ।  बाँकेको डुडुवा गाउँपालिका ५ खजुरास्थित राप्ती नदीमा मसाहगाउँका ४ जना फसेका थिए। डुडुवा गाउँपालिका ४ का ५५ वर्षीय सौखात नाउ, ४५ वर्षीय साबिर खाँ, ३० वर्षीय प्रमोद लोहनिया र ६० वर्षीय नजिर खाँलाई प्रहरीले उद्धार गरेको हो।  माछा मार्न गएका उनीहरु बाढी आएपछि टापुमा फसेका […]