टोकियो विश्वकै सबैभन्दा सुरक्षित शहर

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर

फाईल तस्विरमा : जापानको राजधानी टोकियो शहर ||

टोकियो,जापान,मंसिर,१९-जापानको राजधानी टोकियो शहर विश्वकै सबैभन्दा सुरक्षित शहर रहेको छ।

टोकियो शहर सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित शहरको रुपमा देखिएको हो।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको एक अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित शहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ।

वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित शहर पनि जापानकै ओसाका देखिन्छ।दोस्रो सुरक्षित शहर भने सिंगापुर रहेको छ।

यस्तै चौथो सुरक्षित सहर नेदरल्यान्डको राजधानी एम्सटर्डम, पाँचौमा अस्ट्रेलियाको सिड्नी, छैठौंमा क्यानडाको टोरोन्टो र सातौंमा अमेरिकाको राजधानी वासिन्टन डिसी रहेको छ।

यस्तै डेनमार्कको राजधानी कोपनहेगन आठौं, दक्षिण कोरियाको राजधानी सोल नवौं र अस्टेलियाको राजधानी मेलवर्न १० औं सुरक्षित सहर देखिएका छन्।

सुरक्षित सहरको मापन गर्न एससिआईले सहरको डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा,पूर्वाधार र व्यक्तिगत सुरक्षा सहितका विभिन्न ५७ वटा सूचकलाई आधार बनाएको छ।

यसैविच : नेपालको काठमाडौं शहर भने विश्वकै प्रदूषित अवस्थामा पुगेको छ।गएको वैशाख महिनामा विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको हो।

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले  बैशाखमा गरेको एक अध्ययनका अनुसार काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको जनाएको थियो।

वैशाखमा १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ।आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ।वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको विज्ञहरुले बताउँने गरेका छन्।

‘वायुमा हुने दूषित कण श्वासप्रश्वासमार्फत् सुरुमा फोक्सोमा पुग्ने भएकोले यसमा बढी असर देखिन्छ,’ तुलाधर भन्छन्, ‘अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ।तर मृत्युतर्फ हेर्ने हो भने चाहिँ सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ।’

वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को मापदण्डमा जाँचिन्छ।पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित हुन्छन्।वायु प्रदूषणले नै स्ट्रोक र हृदयघातको समेत प्रचूर सम्भावना बढाइदिन्छ।