सभामुख घिमिरे बहराइन जाने

काठमाडौं,फाल्गुन,२३-सभामुख देवराज घिमिरेले बहराइनमा आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो।सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ […]

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

कैलाली,फाल्गुन,२१-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गर्नुभएको हो मुख्यमन्त्री शाहलाई आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश […]

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले भोली आईवार विश्वासको मत लिने

कैलाली,फाल्गुन,२०-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहि फागुन २१ गते आइतबार विश्वासको मत लिने हुनुभएको छ। मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभा सचिवालयलाई आइतबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र पठाउनुभएको हो । सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी […]

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बन्यो

विराटनगर,फाल्गुन,१८- प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्र समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको पक्षमा दुई तिहाई बहुमत जुटेपछि कोशी प्रदेश नामाकरण भएको हो । सभामुख बाबुराम गौतमले ‘कोशी प्रदेश’को नाम दुई तिहाई बहुमतले पारित भएको जानकारी दिनु भएको हो […]

चितवन २ मा उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौं,फाल्गुन,१७-आगामी बैशाख १० गते चितवन २ मा हुन गइरहेको उपनिर्वाचनका लागि १८ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । मंगलबार १८ दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । […]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गतेभित्र विश्वासको मत लिने

कैलाली,फाल्गुन,१६-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उहाँले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता […]

कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर,पूर्व मन्त्री न्यौपाने पनि दोषी ठहरिए

काठमाडौं,फाल्गुन,१६-काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले कांग्रेस सांसद गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले गुरुङ सहित ९ जनालाई फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार […]

जसपाका अध्यक्ष उपेन्द्र यादवले दिए समर्थन फिर्ता लिने चेतावनी

वीरगन्ज,माघ,२०-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले संघीयताविरोधी षड्यन्त्र भइरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको हो। उहाँ भन्नुभयो, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन […]

रवि लामिछानेले प्रधानमन्त्री “प्रचण्ड”समक्ष बुझाए राजीनामा

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनु भएका रवि लामिछानेले राजीनामा बुझाउनु भएको छ। उहाँ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बन्नु भएको थियो। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

रवि लामिछानेको सांसद पद खारेज संगै उपप्रधान तथा गृहमन्त्री पद गयो

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै फैसला सुनाएको हो। अमेरिकी […]